मारवाडी प्रिमियर लिग–३ को उपाधि गौरीशंकर हिटर्सले उचाल्यो

मारवाडी प्रिमियर लिग–३ को उपाधि गौरीशंकर हिटर्सले उचाल्यो

वीरगंज, १० चैत । मारवाडी प्रिमियर लिग–३ को उपाधि गौरीशंकर हिटर्सले उचालेको छ ।

गौरीशंकर हिटर्स र अन्नपूर्ण टाइगर्सबीच कडा प्रतिस्पर्धा देखिएको प्रतियोगिता रोमाञ्चक बनेको थियो । खेलमा गौरीशंकर हिटर्सले १०.४ ओभरमा ३ विकेट गुमाउँदै १०३ रन बनाउँदै उपाधि जित्न सफल भयो। जवाफमा अन्नपूर्ण टाइगर्सले पनि १०.४ ओभरमै सबै विकेट गुमाउँदै १०२ रन मात्र बनाउन सकेपछि उपविजेतामा सीमित रहनुपर्यो।

प्रतियोगिताका विजेता गौरीशंकर हिटर्सले नगद ४ लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता अन्नपूर्ण टाइगर्सले २ लाख ५० हजार रुपियाँँमा चित्त बुझाएको छ।

मारवाडी युवा मञ्च तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालित उक्त प्रतियोगिता स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको थियो ।

फागुन २९ गतेदेखि शुरू भएको उक्त प्रतियोगितामा कुल १० टोलीको सहभागीता रहेको थियो भने २३ खेल खेलाइएका थिए। ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षता र स्वर्गीय सुशील कुमार खेतानकी आमा राज कुमारी खेतानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियोे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow